साहित्य समाचार (पेन नेपालको सौजन्यबाट)


♦ ’गरिमा’को नयाँ अंक(जेठ,२०६८) बजारमा आएको छ । यो अंकमा शैलेन्द्र साकार,नरेन्द्रराज पौडेल,नारायण तिवारी,कन्हैया नासननी,झलक सुवेदी, विवस पौडेल,रोशन थापा ’निरव“ का कथाहरु , विष्णुबिभु घिमिरे,हरि अधिकारी,पूर्ण विराम आदिका कविताहरु रहेका छन् । रिमालमाथि मनु मन्जिलको सुन्दर लेख लगायत अभय श्रेष्ठको ओर्हान पामुक बारेको लेख पढ्नै पर्ने खालको छ । यस अंकमा डायस्पोरिक लेखनबारे दुईवटा उपयोगी लेखहरु पनि छन् ।

♦ पारिजात स्मृति सभा २०६८, बैसाख ३१ सनिबार बिहान ८ बजे , डेनिस हल पद्मकन्या क्याम्पस बागबजार काठमाडौं, पारिजात सृजन सम्मान कबि निभा शाह , पारिजात कला सम्मान संगीतकार तथा गायक बदन शर्मा , पारिजात संघर्शील नारी सम्मान शान्ति चौधरी , मोफसलबाट पारिजात सम्मान साहित्यकार आर सी रिजालमकवानपुर , प्रबास बाट पारिजात सम्मान पारिजात सालिक स्थापना समीति सिलिगुडी लाई प्रदान गरिनेछ ।

♦ विष्णुलाल श्रेष्ठ लिखित ’सिंहदरबारका साईदुवाहरू’ हास्यव्यंग्य संग्रह प्रकाशन भएको छ । कृतिको राजधानीमा शनिबार प्रा. मोहनराज शर्मा र डा. रामकुमार पाँडेले सार्वजनिक गरे । ’व्यंग्य समसामयिक छन्,’ शर्माले टिप्पणी गरे, ’नेताहरूप्रति चोटिलो प्रहार गरेका छन् ।’ कृतिमा वर्तमान राजनीतिक अस्थिरता, नेताहरूको कुर्सीलिप्सादेखि समाजमा व्याप्त अनेक विकृति विसंगतिसम्मलाई व्यंग्यको विषय बनाइएको छ । ’बिग्रिँदो राजनीतिक चरित्रलाई साहित्यका माध्यमबाट झटारो हात्र खोजेको हुँ,’ कार्यव्रmममा विष्णुलालले भने । हासने प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे, गजलकार ज्ञानुवाकर पौडेल, प्रा. हनप्रसाद लोहनीले समेत उक्त कृतिबारे बोलेका थिए ।

♦ चर्चित कवि रामगोपाल आशुतोषको नया“ कविता सङ्रह “इश्वर र फूलहरू“ आउँदो जुलाई मा प्रकाशित हुँदैछ ।

♦ कवि मनु मञ्जिलले यस वर्षको दक्षिण एसियाली युवाकवि पुरस्कारबाट प्राप्त रकममध्येबाट ११ हजार रुपैयाँ इटहरीस्थित निअसहाय बालबालिका सेवा आश्रमलाई प्रदान गरेका छन् । कलालय इटहरीद्वारा आयोजित तीनदिने विद्यालय रंगमञ्च कार्यक्रम (स्कुल थिएटर) मा उनले दुई सयजति पुस्तक पनि दिएका छन् । साहित्यकार अभि सुवेदीले उद्घाटन गरेको कार्यक्रममा ८२ स्कुले नानीहरूले नाटक लेखन, निर्देशन तथा मञ्चन गरेका थिए । कार्यक्रममा इटहरीका एक दर्जन साहित्यकार र कलाकारहरूलाई सम्मान गरिएको थियो ।

♦ जेठ १ गते एक समारोहबीच कवि तुलसी दिवसले कवि तथा सञ्चारकर्मी नारायण श्रेष्ठको कवितासंग्रह “साक्षी“ को विमोचन भयो । मणि लोहनीद्वारा अन्तरवार्ता शैलीमा गरिएको साक्षी र कविताका बारेमा नारायण श्रेष्ठको धारणापछि पुस्तकमाथि तुलसी दिवसले टिप्पणी गर्नु भएको थियो ।

♦ २५५५ औं बुद्धजयन्तीको अवसरमा नेपाली कविता डट कम प्रतिष्ठानद्वारा एउटा कवि गोष्ठीको आयोजना भयो । उक्त कवि गोष्ठीमा डा. विमल कोइराला, उषा शेरचन, मञ्जुल, डा. विष्णुविभू घिमिरे, अमर गिरी, प्रतिसरा सायमी, श्रवण मुकारुङ, डा. विष्णु राई, राजकुमार केसी, विमल भौकाजी, मणि लोहनी, चंकी श्रेष्ठ, शकुन्तला जोशी, ठाकुर बेलबासे, शशी लुमुम्बु, सुरेश किरण लगायतले शान्तिलाई विम्ब बनाएर मुलुकको वर्तमान परिस्थितिलाई कवितामा व्यक्त गरे ।

♦ तामाङ डाजाङले शनिबार राजधानीमा दुई मातृभाषी स्रष्टालाई पुरस्कृत गरेको छ । तामाङ भाषा तथा साहित्यमा योगदान पुर्याएबापत मनीषा मोक्तान र बाबुलाल स्याङ्तानलाई पुरस्कृत गरिएको हो । डाजाङका संरक्षक तथा जापानका लागि नेपाली दूत डा. गणेश योञ्जनले पुरस्कृतहरूलाई जनही एक हजार रुपैयाँ र प्रमाण पत्र हस्तान्तरण गरे । डाजाङ दस वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यव्रmममा संयुक्त कविता संग्रह ’याङताम म्हाइबान’, ईश्वर थोकारको गजल संग्रह ’पिङ्गै’ र सन्चु ब्लोन तामाङको कविता संग्रह ’को म्हेन्दो न्हाङला छिगकादे’ पनि लोकार्पण गरियो ।

♦ जेठ १ गते हिमाल असोसियसन तथा चन्द्र गुरुङ कन्जर्भेसन फाउण्डेसनको संयुक्त आयोजनामा मन्जुश्री थापाद्वारा अङ्ग्रेजीमा लेखिएको पुस्तक A Boy from Sikhlis को नेपाली अनुवाद “सिक्लेसको ठिटो चन्द्र गुरुङ्को जीवन र जीवनकाल“ को लोकार्पणको कार्यक्रम भएको कुरा जानकारी हुन आएको छ ।

♦ दायित्व वाङ्मय प्रतिष्ठानले शनिबार विभित्र स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गरेको छ । प्रतिष्ठानले आफनो १२ औं वाषिर्कोत्सव पारेर साहित्यकार माधवलाल कर्माचार्य र गीतकार रत्नशमशेर थापालाई ’दायित्व वाङ्मय विशिष्ट सम्मान’ तथा कृष्ण बाउसेलाई पनि ’दायित्व वाङ्मय सम्मान’ प्रदान गरेको हो । यसैगरी, साहित्यकार कन्हैया नासननीलाई ’हरिकला­गुणाकर दायित्व रचना पुरस्कार’ प्रदान गरियो । यो पुरस्कारमा ११ हजार रुपैयाँ छ ।सम्मान र पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा गोपीकृष्ण शर्माको कवितासंग्रह ’स्मृतिविम्ब,’ प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको संस्मरण संग्रह ’सम्झनाका थुँगा’ र र टुकनाथ रेग्मीको खण्डकाव्य ’बेलुराम’ सार्वजनिक पनि गरियो । कार्यव्रmममा समालोचक डा. लक्ष्मणप्रसाद गौतम, डा. लेखप्रसाद निरौला, सुब सेन, रामप्रसाद दाहाल, यादव भट्टराई लगायतको सहभागिता थियो ।

♦ साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ’सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो । वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ’जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ’मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ’बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com