साहित्य र समाज एकअर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिँदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटकविधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरू विधाभन्दा बेग्लै स्वरूपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो, यसमा कथाको वर्णन हुन्छ, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाँडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रूपमा पनि लिने गरिन्छ । साहित्यका अरू विधा पठनीय मात्र हुन्छन्, हिजोआज तिनलाई पनि मञ्चनीयरूपमा प्रस्तुत गर्न सकिन्छ तर नाटक पठनीयसँगसँगै मञ्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रूपमा लिइन्छ ।
सामाजिक जागरणका लागि होस् वा राजनीतिक विरोधका लागि, नाटकले राजनीतिक विषयवस्तुलाई समातेको हुन्छ । रूसको व्रmान्तिसँगै राजनीतिक नाटकले गति लिन थालेको देखिन्छ । राजनीतिक नाटक दलहरूका लागि जनमानससमक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरूको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनीतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप, अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै विस्तारै सम्पूर्ण विश्वमा राजनीतिक नाटकको विभित्र रूपहरू देखापर्न थालेको पाइन्छ । राजनीतिक नाटकले समाजको अतीतका विसङ्गतिपूर्ण पाटाहरूलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भित्रता देखाएर मानवीय अधिकारबाट वञ्चित समुदायलाई आप्mनो हकका लागि मुठ्ठी कस्न प्रेरित पनि गराउँछ । राजनीतिक नाटककै रूपमा सडकनाटकको पनि जन्म भएको मानिन्छ । सडकनाटक भत्रु नै राजनीतिक नाटक हो र सडकनाटकले राजनीतिक विचारलाई मुखरित गरिरहेको हुन्छ ।
माथिको प्रसङ्ग्ले तलको विवरणलाई टेवा दिने भएकोले चर्चा मात्र गरिएको हो । यही राजनीतिक नाटकले समाजमा घटेका चर्चित घटनालाई विषयबस्तु बनाएर समाजको ध्यानाकर्षण गराउन मञ्च पाउने गर्छ जसलाई अतीयथार्थवादी प्रस्तुति भत्र सकिन्छ । त्यस्तो सामाजिक अतिविसङ्गतिपूर्ण घटनालाई विषयवस्तु बनाएर एकाथरीका रङ्गकर्मीहरू घटनालाई मञ्चमा ल्याएर त्यसको वास्तविकता खोतल्ने प्रयत्न गर्न थाल्छन् । पात्रको जीवनशैलीमा आएका उतारचढावहरूका माध्यमबाट उक्त घटनाको कारण समात्ने प्रयास गर्छन् र वास्तविकताबाट दर्शक समाज) लाई अवगत गराउन चाहन्छन् । अपराध गरेपछि सजाय दिनु सामाजिक कानुन हो तर अतीयथार्थवादी नाटककारले अपराधी हुनुको कारण खोतल्दै वास्तविकतामाथि प्रकाश पार्ने प्रयास गरेको हुन्छ । यहाँ चर्चा गरिएको नाटकका नाटककारले पनि सम्भवतअ यही प्रयास गरेको हुनुपर्छ । यस्तो द्विविधापूर्ण र विवादास्पद विषयवस्तुलाई नीडरताका साथ प्रस्तुत गरेकोमा नाटककार क्याथरिनप्रति आभार प्रकट गर्नैपर्छ ।
सन् २०१६ मा क्यानाडाकै इतिहासमा सबैभन्दा ठूलो आतङ्ककारी घटना घटेको थियो । जुन टोरोन्टो १८ को नामले परिचित हुन पुग्यो । टोरोन्टोको विभित्र ठाउँमा बम हमला गराउने १८ जना आतङ्ककारी समूहलाई प्रहरीले समातेको थियो र अहिलेसम्म पनि तिनीहरूको मुद्दा अदालतमा विचारधीन अवस्थामा सुनवाइको मिति कुरेर बसेको छ । ती १८ जना आतङ्ककारी घोषित समूहमध्येका एक शरिफ अबदेल्हालिमलाई विषयवस्तु बनाएर टोरोन्टोका नाटककार क्याथरिन फ्रिडले एउटा नाटक तयार गरिन् । जसलाई रङ्ग्कर्मी ब्याट्रिज पिजानोको निर्देशनमा ल्वाम गेब्रेहारिएटको शीर्ष भूमिकामा अगस्त ५ का दिन सफलतापूर्वक मञ्चन गरिएको थियो । अतियथार्थवादी कथामा आधारित होमग्राउन शीर्षकको यस नाटकको लेखनका लागि यसका लेखिका क्याथरिन लगभग १८ महिनासम्म शरिफ अबदेल्हालिमलाई भेट्न र कुरा गर्न विशेष स्वीकृति लिएर जेलमा जाने गर्थिन् । ७० मिनेटको यस नाटकलाई हेर्न टोरोन्टोको रङ्ग्मञ्चमा लगभग १५० जना नाट्यप्रेमी दर्शकको उपस्थिति रहेको थियो । टोरोन्टो गृष्मकालीन नाट्यउत्सवका लागि तयार पारिएको होमग्राउनको अन्तिम मञ्चन गत अगस्त १४ का दिन भएको थियो । नाटकका मूल पात्र शरिफ अबदेल्हालिमलाई अदालतले गत जनवरी २११९ मा अपराधी घोषणा गरेपछि हाल उनी जेलमा आफूले पाउने सजायको समयावधि कुरेर बसेका छन् ।
यस नाटकमा नाटककारले यसका मूल पात्रलाई आफूले गर्ने आतङ्कवादी बम प्रहारको खतराबारे जानकारी भए पनि ऊ विगार गर्न नचाहने व्यक्तिको रूपमा देखाइएको छ । मूल पात्रप्रति नाटककारको दयामाया रहेको र उनलाई असल तर अरूको कुरामा लागेर फसाइएको भत्रे देखाउन खोजिएको छ तर वास्तविकता भने त्यसको विपरीत रहेको अदालतको बयानले बताएको छ । शरिफ अबदेल्हालिमले आफैँले टोरोन्टोको स्टक एक्चेन्जमा भन्दा कुनै ठूलो सपिङ्ग् सेन्टर मल) र कुनै खाद्यात्र बनाउने फेक्टेरीमा विष हालेर खाद्यात्र पदार्थलाई विषयुक्त बनाउने सल्लाह दिएकोबारे खुल्न आएको कुरा अदालती बयानमा रहेको छ । उनले नै बम बनाउन चाहिने फर्टिलाइजर किनेका थिए जुन बमको शक्ति सन् १९९५ मा ओक्लाहोमा शहरमा गरिएको बम प्रहारभन्दा तीन गुणा ठूलो थियो । यस्ता तथ्यलाई नाटककारले नाटकभन्दा टाढै राखेर मूलपात्रको जीवनकथालाई अघि सारेकी छिन् । यसलाई लेखकको अधिकार पनि मानिन्छ । लेखकले कुनै पनि यथार्थपरक वा ऐतिहासिक कथामा कलम चलाउँदा आप्mनो परिकल्पनाबाट कथालाई गतिमयता दिने काम गर्ने गरिन्छ । यस नाटकमा पनि नाटककारले यस्तै परिकल्पनालाई अगाडि सारेर नायकको वास्तविक चाहना आतङ्ककारी बत्रे गरेको देखाउन खोजिएको छ । त्यसैले नाटकले आजको युगमा मानिसलाई अझ विशेष गरेर युवाहरूलाई यस आतङ्ककारी समूहमा युवाहरूको सङ्ख्या बढी रहेको थियो) कसरी धर्मको आस्था र भविष्यको सपना देखाएर गलत मार्गमा लगाउने गरिन्छ भत्रे वास्तविकतालाई देखाउन खोजिएको छ । उनलाई एउटा भित्रै प्रकारबाट आतङ्ककारीका रूपमा प्रस्तुत गरिएको छ । नाटककारले शरिफ अबदेल्हालिमलाई अभियुक्तका रूपमा नभएर एउटा पीडित र सहानुभूति पूर्ण पात्रका रूपमा उपस्थित गराएकी छिन् । उनलाई पनि स्टेभेन ट्रस्कोट वा डोनाल्ड मार्सलजस्ता क्यानाडाका दुई जना गलतरूपमा अपराधी बनाइएका पीडितका रूपमा प्रस्तुत गरिएको छ । दर्शकले यस नाटकमा एक पीडित नागरिकले भोग्नु परेको पीडाको कथाव्यथा हेर्न पाउने छन् । जसलाई यसका निर्देशकले यथार्थपरक दृष्टिकोणबाट निर्देशन गरेका छन् भने अभिनयमा पनि यसका नायकले यथार्थतालाई कतै खस्कन दिएका छैनन् । एउटा जीवन्त अभिनय गरेर नायक ल्यामले दर्शकको वाहावही लुट्न सफल भएका छन् भने नाटकका अर्का पात्रले पनि नाटकका पात्रको चरित्रलाई जीवत्रता दिएर अभिनय गरेका छन् । नाटकपछिको पत्रकार भेटघाटमा केही दर्शकले कलात्मक र जीवन्त प्रस्तुतिका लागि सबै रङ्ग्कर्मीलाई बधाई दिइरहेका थिए भने सेप्टेम्बर ११ मा आप्mना बुबा गुमाएकी इरिका बास्निकीले चाहिँ आतङ्ककारीजस्ता अमानुसका लागि आफूमा कुनै प्रकारको सहानुभूति नरहेकोले नाटकको विपक्षमा बोल्दै थिइन् ।
टोरोन्टो गृष्मकालीन नाटक महोत्सवका लागि तयार पारिएको प्रस्तुत नाटकले सरकारबाट पनि राम्रो आर्थिक सहयोग पाएको छ तर नाटक प्रस्तुत हुनअघि हार्पर सरकारका एक जना प्रवक्ताले जनताको करको पैसालाई आतङ्ककारीजस्तो विषयवस्तुमा आधारित नाटकलाई सहयोग गर्नु आतङ्कवादलाई प्रोत्साहन दिनुसरह भएको टिप्पणी गरेका थिए । यस पटकको गृष्मकालिन नाटक महोत्सवका लागि सरकारबाट लगभग ९५ हजार डलरको अनुदान दिइएको थियो । (साभार (मधुपर्क जेठ, २०६८)
-गोविन्दसिंह रावत