गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए’ , केतकी चेष्टर


युवराज दीपेन्द्रले आफूसहित राजपरिवारका नौ सदस्यलाई मारेको १९ जेठ २०५८ को दिन नारायणहिटीको पारिवारिक जमघटमा राजा वीरेन्द्रकी दिदी शाहजादी केतकी चेष्टर पनि थिइन्। चेष्टरले दरबार हत्याकाण्डको ११ वर्षपछि दीपेन्द्रले गोली लागेर ढलेका बाबुलाई लात्तीले हिर्काएकोदेखि त्यस दुर्भाग्यपूर्ण रातबारे कुन्द दीक्षितसंग केही नया“ कुरा खोलेकी छन्।
केतकी चेष्टरका अनुसार त्यस रात दीपेन्द्र दुवै हातमा बन्दुक लिएर जङ्गी पोशाकमा भित्र छिर्दा म दिदी जयन्तीसंगै विलियार्ड रूमको ढोकाछेउ उभिएकी थिएँ। पहिले यस्तो जमघटमा आउ“दा चारैतिर नजर डुलाउदै उपस्थित सबैको जायजा लिने युवराजका आखा त्यस दिन कुनै कुरामा सीधा केन्द्रित थिए। मैले दिदीलाई साउती गर्दै भनें, हैन अब पनि उसको उमेर बन्दुक देखाउदै हिड्ने हो र?” राजा वीरेन्द्रले पनि छोरा आप्mनो हतियार देखाउन आएको भन्ठानेका थिए होलान्, तर दीपेन्द्रले दाहिने हातको बन्दुक चलाए। गोली उनको बुबालाई लाग्यो, उनी घाइते भए। उनले जमिनमा ढल्नुअघि भनेका थिए, के गरेको?” दीपेन्द्रले अर्को हातमा पनि बन्दुक भएकाले गोली चलेको बन्दुक असन्तुलित भएर अरू गोलीहरू सिलिङतिर उछिट्टिए ।
कुमार गोरख र डा. राजीव शाहीले भुईंमा लडेका राजाको शरीरबाट बगिरहेको रगत रोक्ने प्रयास गरे। हामी सबै पनि वीरेन्द्र भएतिरै दौडियौं। त्यित्तकैमा दोस्रो पटक कोठामा आएका दीपेन्द्रलाई रोक्न खोज्दै अधिराजकुमार धीरेन्द्रले भने, पुग्यो बाबु, तिमीले गर्नु गरिसक्यौ।” काकाले आफूलाई निरस्त्र गर्न खोजेको ठानेर दीपेन्द्रले धीरेन्द्रमाथि नै गोली चलाए। मेरो विचारमा, आफूलाई मनपर्ने काकालाई पनि मारेपछि उनी अझ रक्तपाततिर उद्यत भएको हुनुपर्छ। कोठाको एक चक्कर लगाएर बाहिर निस्केका दीपेन्द्रले तेस्रोचोटि ढोकैदेखि बन्दुक चलाउँदै आएर कोठाको चारैतिर गोली बर्साए।
त्यतिखेर म धीरेन्द्रको घाउबाट बगेको रगत रोक्ने प्रयास गरिरहेकी थिएँ। हलचल गर्न नसके पनि उनी अचेत थिएनन्। आफैं गम्भीर घाइते भएर पनि मलाई गोली लागे­नलागेको सोद्धै थिए। त्यहीबेला मैले पनि आप्mनो शरीरबाट रगत तपतप चुहिरहेको देखें। मेरो देब्रे पाखुराको केही टुक्रा मासु उछिट्िटएर धीरेन्द्रको कमिजमा र दाहिने काधमा दुइटा गोली लागेको रहेछ। तर दुखिरहेको थिएन, आघातको बेला शरीरले पनि पीडा महसुस गर्दो रहेनछ।
यो सबै पा“चै मिनेटमा भयो। दिदी भुईंमा लडिरहेकी थिइन्। अधिराजकुमारी कोमललाई छातीमा गोली लागेको थियो। शीताष्माले एउटा गोली उनको कानैमा झ्न्झ्नाएर गएको बताइन्। अझ् त्यति धेरै मानिस मरेनन्। जतिबेला गोली शुरु भयो, कोठाको अर्को छेउमा भएका शाहजादा पारसले तुरुन्तै आफना भाइबहिनी र नातेदारहरूलाई एउटा सोफा पछाडि लुकाएका थिए। एक पटक दीपेन्द्रको आँखा पारसमा पनि परेको थियो, तर पारसले भने, दाइ मलाई नहानिबक्स्योस…।” दीपेन्द्रले बन्दुक तल फर्काए र छाडिदिए। श्रुति अचेत थिइन्, अत्यधिक रगत बगेको कारण अस्पतालमा वितिन्। रक्तचाप घटिरहेको अवस्थामा पनि डाक्टरहरूले उनको कपडा हटाएर शरीरको कुन भागबाट रगत बगिरहेको छ भत्रे पत्ता लगाएनन्।
गोली हानिसकेपछि दीपेन्द्र आफनै कोठातिर फर्किए। आमा रानी ऐश्वर्य र भाइ निराजन उनको पछि­पछि दौडिए। दीपेन्द्रले कोठातिर जाने भर्याङको माथिबाट उनीहरू दुवैलाई देखे होलान्, तर अन्धकारमा शायद एडीसी ठानेर हानेको गोलीले आफनै भाइको ज्यान लियो। नजिकै भएको कसैले रानी ऐश्वर्यले चिच्याएर बोलेको सुनेको थियो, तिमीले आफ्नो बुबालाई मार्यौ, भाइलाई मार्यौ, मलाई पनि मार। हान, हान ” त्यसपछि उनले आफ्नी आमा र आफैंलाई पनि गोली हानेर मारे। र, यो सबै सकियो। (हिमालबाट साभार)

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com