आफ्नो कुरा -५७


पहिलो कुरा खबर सम्प्रेषणलाई अब वेभ साईटमा पनि राखिएको छ र कुनै महत्वपूर्ण समाचार वा सूचना भएको खण्डमा नियमित राखिने र नियमित अपडेट गरिदै लैजाने लक्ष्य राखिएको छ ।

दोस्रो कुरा गैरआवासीय नेपाली संस्था, क्यानाडाको चौंथो वार्षिक सभा आउदो जुलाई ३०, ३१ र अगस्तको १ तारिखका दिन अटवामा हुदैछ । यस सभाले नया कार्यकारिणी चयन गर्ने छ र यसका लागि नया“ सदस्य बन्न तथा सदस्यता नवीकरण गर्न गैरआवासीय नेपाली संस्था, क्यानाडाले जानकारीसंगै आफ्नो वेभ साईटमा पनि सदस्य बन्न चाहनेहरुका लागि फारमसंगै प्रक्रियाका बारेमा जानकारी राखिदिएको छ । नया कार्यकारिणीका लागि हुने चुनावमा विगत जस्तै यस पटक क्यानाडावासीमा त्यति उत्साह देखिएको छैन  । यसका वर्तमान कार्यकारिणी सदस्यहरु आफ्नो संस्थाको वार्षिक सम्मेलनका लागि लागिपर्ने बेलामा पनि शिथिल भएको देखिएका छन् । गैरआवासीय नेपाली संस्था, क्यानाडा सम्मेलन भनेका यहाका नेपालीहरुको सम्मेलन भनेर बुझनु जरुरी छ । यहा अवस्थित संस्थाहरुको सम्मेलन भनेर बुझनु जरुरी छ र यसमा हामी सबैको सहभागिताको खाचो रहन्छ । यसले के गर्यो भन्दा पनि यसले के गर्ने छ भन्नेतिर सोच्नु पर्छ । त्यसैले यसको सदस्य भएर हाम्रो संख्यात्कम विकास र विस्तार गर्नु हामी सबैको कर्तब्य पनि हुन आउछ । विशाल टोरोन्टोको एउटा संस्थाले भने ३१ जुलाईका  दिन आफ्नो वार्षिक पिकनिक कार्यक्रम राखिदिएको छ । एनआरएन क्यानाडाको यस सम्मेलनमा ३१ जुलाईका दिन नया“ कार्यकारिणीको चुनाव हुने दिन हो र यस दिन संस्थागत उपस्थिति रहेर बलियो पदाधिकारी रोज्नु पर्ने हो तर यसै दिन नेपाली समुदायहरुलाई कता जाउ भन्ने द्विविधामा पारी दिएर दिनभरीको सिकार र काञ्छा बाउको अनुहार भन्ने उखानमा समुदायलाई नै अल्मलाई दिएको छ ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com