साहित्य समाचार नेपाल पेन लभरबाट सौजन्य


 कृषि विधाको पहिलो कृति ’नेपालका बालीनाली र तिनको दिगो खेती’पुस्तकद्वारा गत वर्षको मदन पुरस्कारबाट पुरस्कृत बैतडीका नरबहादुर साउदले हालै “च्याउ खेती“बारे पुस्तक लेखी सिद्ध्याएका छन् ।

 पति पत्रकार, पत्नी गायिका । सुमन र सितु खरेल शनिबार २५ जुनमा राजधानीस्थित आर्मी अफिसर्स क्लबको एउटै मञ्चमा आ­आफ्ना सिर्जना प्रस्तुत गर्दै थिए। बीबीसी नेपाली सेवामा लामो समयदेखि कार्यरत सुमनले अडियोसहितको पुस्तक ’रेडियो यात्रा’ र सितुले गीति एल्बम ’बताससंगै’ एकसाथ सार्वजनिक गरे ।

यसपालिको एस. एल. सी. परिक्षामा साहित्यकारहरू गीता पन्थको सानो छोराले डिस्टिंक्सनमा तथा मुरारी सिग्देलकी सानी छोरी प्रथम डिभिजनमा उतिर्ण भएको कुरा जानकारीमा आएको छ ।

 राष्ट्रिय कविता महोत्सव २०६८ मा रीता खत्रीको कविता प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ५४औं जन्मजयन्तीको अवसरमा बिहीबार प्रतिष्ठानले आयोजना गरेको यस पटकको “राष्ट्रिय कविता महोत्सव“मा ३ सय ५२ कविता समावेश भएका थिए । तीमध्ये अन्तिम प्रतिस्पर्धामा २९ कविता चयन भए । तिनै २९ कविताबाट रीताको ’फूल, काँडा र देश’ प्रथम भएको हो । प्रथम भए बापत उनले १५ हजार रुपैयाँ पाउनेछिन् । महोत्सवमा दोस्रो पुरस्कार भने धादिङका कवि हेम प्रभासको कविता ’बाटोको बाछिटा’ले प्राप्त गर्यो । द्वितीय कवितालाई ११ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, यस पटकको महोत्सवमा तीन कविता तृतीय भएका छन् । जसमा नवलपरासीका बाबु त्रिपाठीको ’बासँग’, नुवाकोटका रावतको ’देश’ र तिम्मा­४ भोजपुरका बलिराज खम्बूको ’नया“ अनुहारको घेरामा योगमाया’ र्शीषकका कविता रहेका छन् । यी तीनओटै कविलाई तृतीय पुरस्कारबापत जनही ५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जानकारी गराएको छ । सो महोत्सवको अवसरमा प्रतियोगितामा परेका २९ कविले आ­आफ्ना कविता वाचन गरे । यस्तै, १५ भन्दा बढी अग्रज कविले पनि अतिथि कविका रूपमा आफ्ना कविता वाचन गरे ।

कथाकार सुर्य सुबेदीका ३० कथा समेटिएको कथा सङ्ग्रह शनिबार २५ जुनमा लोकार्पण गरिएको छ । कार्यक्रममा साहित्यकारहरू अभि सुवेदी , जगदीश घिमिरे, दयाराम श्रेष्ठ , सुर्य सुवेदी, बैरागी काईलाले आ­आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कवि मनु लोहरुङको कविता सङ्ग्रह “लुङमारी मिथक“ गतसाता सार्वजनिक भएको छ ।

’गुगल’ ले ब्रिटिश लाईब्रेरीका २,५०००० पुस्तकलाई डिजिटल रुपमा संग्रहित गर्ने भएको छ ।

लेखिका जे. के. रोव्लिङका सात वटै “हेरी पोटर श्रृंखला“का उपन्यासहरू आउँदो अक्टोबर महिनादेखि ’ई­बूक्स’ बत्रे क्रममा छ । ’ई­बूक्स’ बनेपछि ती पुस्तक हामी ईन्टरनेटमै पढ्न सकिने छ । सोनी कर्पोरेसनसँगको सहकार्यमा हुन लागेको यस योजनालाई पुस्तकका प्रकाशकहरूले विरोध गर्ने पनि भएका छन् ।

स्याङ्जाको ग्रामीण भेगबाट भविष्यको खोजी गर्दै राजधानी छिरेकी रजनी ढकाल अध्ययनकै क्रममा ललितपुरकी सुस्मिता नेपालको संगतमा पुग्छिन् । विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका यी दुई संगिनीले आफ्नो जीवनमा भोगेका तीता­मीठा अनुभवलाई साहित्यमार्फत साट्ने रहर गर्दै निकालेका छन्­ उपन्यास ’पत्रैपत्र’ । कविता, आख्यान र गैरआख्यान विधामा कलम चलाउँदै आएकी सुस्मिता र रजनीले आफूले बाल्यकालमा बिताएका गाउ“ले जीवनका सुख­दुअखका हरेक पाटालाई रोचक तरिकाले उपन्यासमा प्रस्तुत गरेका छन् । बंगाली युवतीहरूसंग मेल खाने दुई पात्रहरूको नाम ­नीलाञ्जना र निवेदिता) राखेर उनीहरूले नेपाली परिवेशमा हुर्किएका दुई नारीको पत्रमार्फत नै आफूले भोगेका तीता­मीठा अनुभवलाई कृतिमा पोखेका छन् ।

 राजधानीमा बुधबार मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले कृति सार्वजनिक गरे । गुञ्जनले गरेको कार्यक्रममा समालोचक बालाकृष्ण अधिकारीले दुई लेखकले एकै साथ त्यो पनि चिठी शैलीमा उपन्यास प्रकाशन गरेको देखेर चकित परेका बताए । उनले देख्दा सामान्य पत्र भए पनि वास्तवमा उपन्यास काजगको पत्रमा सीमित नभएर मानव­समाजका हरेक पाटालाई केलाउने सुन्दर सिर्जनाको रूपमा रहेको टिप्पणी गरे । यसै समारोहमा समीक्षक प्रा. राजेन्द्र सुवेदीले भने सोलीले छोप्नुपर्ने उपन्यासलाई डोकाले छोप्ने प्रयास गरिएको आलोचना गरे । राजेन्द्रको भनाइलाई काट्दै साहित्यकार जगदीश घिमिरेले जुन पद्धति अपनाए पनि कृतिले साहित्यमा नौलो स्वाद चखाउन सक्षम रहेको तर्क गरे । छोरी हुँदाको पीडा, गाउ“ले जीवन, समाज, बाल्यकालको अवस्था, विवाह हुनुपूर्व र भइसकेपछिको नारीजीवन, वैवाहिक जीवनका उतारचढाव, स्त्रीप्रति समाजको व्यवहार, नारीले पाउनुपर्ने अधिकार र तत्कालीन राजनीतिक परिवेशसमेतलाई अप्रत्यक्ष पाराले कृतिमा उतारिएको छ ।

नेपाली लेखक संघले हिजो विपिन कोइरालाद्वारा सम्पादित “राष्ट्रियता कहिल्यै खोटो सिक्का हुँदैन“, “विपिन कोइराला हिजोदेखि आजसम्म“र वीणा कोइराला ’दुम्जाली’ द्वारा रचित “मौन आकाश“ का विमोचन गरिएको खबर जानकारीमा आएको छ ।

 नेपाल भाषा साहित्यका भाषाविद् तथा भाषाशास्त्री रमापतिराज शर्मालाई “नेपाल भाषा शिरोमणि“ बाट सम्मान गरिने भएको छ ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोषले पहिलो पटक प्रदान गर्न लागेको “मदन भण्डारी राष्ट्रिय पुरस्कार“मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ’मह’ जोडीलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार राष्ट्रपति डा. रामवरण यादवले प्रदान गर्ने छन् । सामाजिक परिवर्तनका प्रखर अभियन्ता, ख्यातिप्राप्त कलाकार एवं लोकतन्त्र, शान्ति, अहिंसा, सामाजिक न्याय र मानव अधिकारका लागि तीन दशकदेखि व्रिmयाशील भएवापत उनीहरुलाई यो पुरस्कार दिने निर्णय गरिएको हो। कोषद्वारा जारी विज्ञप्तिका अनुसार गत वैशाख ६ गते कोषद्वारा गठित मानव अधिकारकर्मी सुशील प्याकुर्यालको संयोजकत्वमा वरिष्ठ लेखक गोविन्द भट्ट र वरिष्ठ पत्रकार एवं मानव अधिकारकर्मी पुरुषोत्तम दाहाल सदस्य रहेको उपसमितिले प्रस्तुत गरेको प्रस्तावअनुसार महजोडीलाई यो पुरस्कार पहिलो पटक प्रदान गर्ने निर्णय भएको हो।

 वरिष्ठ सङ्गीतकार गणेशप्रसाद श्रेष्ठको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित श्रेष्ठको बुधबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । विसं १९९० माघ ३ गते काठमाडौँमा जन्मिनुभएका श्रेष्ठ सानै उमेरदेखि सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका थिए। नले २०३० सालमा इलाहाबादबाट संगीत विशारथ उपाधि प्राप्त गरेका थिए। नेपाल भाषाको पहिलो चलचित्र सिलुका संगीतकार श्रेष्ठले दुई हजार गीतमा संगीत दिएको बताइएको छ। सप्त संगीत ज्ञान, शकुन्तला गीति नाट्य, राष्ट्रिय बालगीत लगायत उनका ३५ पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

 साहित्यकार स्वर्गीय गोपालप्रसाद रिमाल, संगीतकार अम्बर गुरुङ र गायक फत्तेमानलाई सरकारले मानार्थ “महासेनानी“को पदवी प्रदान गर्ने निर्णय गरेको छ । सैनिक गीत ’रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो… …’ का रचनाकार, संगीतकार तथा गायक स्रष्टालाई जंगी अड्डाको सिफारिसमा पदवी प्रदान गर्न लागिएको हो । ४ बर्षअघि अम्बर गुरुङजीलाई र यसपाली फत्तेमानजीलाई आफ्नो गाऊ हेटौंडामा लगेर सम्मान गरेका थियौं। लौ, सरकारले पनि (झुक्किएरै त होला) ठीक मान्छेको चयन गर्न पुगेछ।अचम्म र खुशी लाग्यो।

नेपाल राष्ट्र बैंकको साहित्यिक पत्रिका “मिर्मिरे“ चालिस वर्षमा प्रवेश गरेको छ ।

कथाकार सुबिन भट्टराईको नया“ कथा सङ्ग्रह “कथाकी पात्र“ हालै प्रकाशित भएको छ । औडाहा , मनपरेको साथी, अर्काकी स्वास्नी, तिमी मलाई प्रेम गर्छौ लगायत १३ वटा कथाहरु सङ्ग्रहित “कथाकी पात्र“मा पत्रकार कृष्ण अविरलको भूमिका छ जसमा उनले ’सुबिन फ्रायडीय यौन मनोविश्लेषणमा पारंगतजस्ता लाग्छन्’ भनेका छन् । पाँचपोखरी बुक स्टोरबाट प्रकाशित “कथाकी पात्र“ को मुल्य नेरु १०० छ ।

निबन्धकार एवम समालोचक डा. ज्ञानु पाण्डेलाई २०६७ सालको “विनय रावल स्मृति पुरस्कार“ प्रदान गरिने भएको छ । त्यस्तै, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले समालोचक कृष्ण गौतम, कवि मन्जुल, कथाकार बबिता बस्नेत लाई सम्मान गरेको छ ।

गत जेठ २७ गते पवन आलोकको नियात्रा “युरोपको झझल्को“ माथि अन्तरक्रिया भयो । डा. कृष्णप्रसाद् भण्डारी, परशु प्रधान, नगेन्द्रराज शर्मा, गोविन्द वर्तमान,चन्द्रप्रशाद भट्टराई, सगुना शाह, हरि अधिकारी, प्रकाश सायमी, रामेश्वर राउत मात्रिदास , तुलसीहरि कोइराला आदिले पुस्तक सम्बन्धी बौद्धिक चिरफार गर्नु भएको थियो ।

दीपक खडकाको चर्चाविहिन, किन्तु पठनीय लघुउपन्यास “च्यात्न नसकेको चिठी“ (२००५) आजदेखि रत्नपुस्तक भण्डार, बागबजारमा उपलब्ध भएको कुरा जानकारी हुन आएको छ । सो पुस्तकको मूल्य रू. ५० मात्र छ ।

गत शनिवार शनिबार भक्तपुरको स्वीटहोममा प्रख्यात गीतकार सुभाशचन्द्र ढुंगेलको गीति अल्बम “सुवास“ को बिमोचन हुने कार्यक्रम छ । अपरान्ह १ बजे । “जति चोट दिन्छौ देउ मायालु“ जस्ता गीतका गीतकारको यो पहिलो अल्बम ’रेबेल’ बाट प्रकाशित हुदैछ ।

नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा फस्टाउ“दै आएका आधुनिक विधाहरु मध्ये मुक्तकको
राष्ट्रव्यापी (दोस्रो) प्रतियोगिता अन्तरङ्ग राष्ट्रिय साप्ताहिकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आगामी भदौको पहिलो सातामा गरिने वार्षिकोत्सव कार्यव्रmममा पुरस्कार वितरण गर्ने गरी आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने मुलुकभित्र र बाहिरका नेपाली भाषी प्रतियोगीहरुले चतुष्पदीय विधि अनुसार लेखिएका ५ वटा मुक्तकमा एकवटा क्रमशः राष्ट्रियता, सामाजिक विसंगति अर्को प्रेमका बारेमा र बांकी दुई खुला रुपमा लेख्न सक्नु हुने प्रतियोगिता कार्यक्रम संयोजक एवं अन्तरङ्गका सम्पादक नवराज पहाडीले बताउनु भएको छ । उहांका अनुसार प्रतियोगितामा पहिला, दोस्रा र तेस्रा हुनेलाई क्रमश रु ७, ५ र ३ हजार नगद र सान्त्वना स्थान हासिल गर्ने १२ जनासहित सबै विजेतालाई विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । मुक्तक असार २५ गतेसम्ममा आयोजकलाई प्राप्त हुनु पर्ने छ । संकलित मुक्तकको संग्रह पहिलो प्रतियोगितामा जस्तै गरी अनुपम– २ प्रकाशन गरिने भएको हुंदा स्रष्टाहरुसंग बायोडाटा र १ प्रति फोटोसमेत माग गरिएको पहाडीले बताउनु भएको छ । मुक्तक संकलनका लागि विभित्र जिल्लामा रहेका साहित्यिक संस्थाहरु र स्रष्टाहरुलाई अनुरोध गरिसकिएको छ । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पाँच विकास क्षेत्रका १– १ जना मुक्तकका स्थापित ब्यक्तित्वहरुलाई पुरस्कृत गर्नेतर्फ पनि सोच भइरहेको पनि कार्यक्रमका संयोजक पहाडीले बताउनु भएको छ ।

 अभिनव साहित्य समाज, जोरपाटीमा रहेको ढुङ्गोमा ४ हरपको कविता “ढुङ्गो“ शिर्षकमा शिलालेख गर्ने योजना भएकोले इच्छुक कविज्युहरुबाट कविताको आह्वान गरिएको कुरा जानकारी हुन आएको छ । पर्याप्त कविता प्राप्त भएपछि छनौट समितिबाट एउटा उत्कृष्ट कविता छनौट गरी शिलालेख गरिने कुरा प्रकाशमा आएको छ । एकजनाबाट १ मात्रै कविता पठाउन सकिन्छ भने पठाइसकेको रचना डिलिट गर्न पाइने छैन। प्राप्त भएका सबै “ढुङ्गो“ कविताको एउटा सङ्ग्रह पनि निकालिने छ।

साहित्यकार पद्मावती सिंहले आफ्नै उपन्यास ’समानान्तर आकाश’ को अंग्रेजी अनुवाद ’प्यारलल स्काई’ बजारमा ल्याएकी छन् । उक्त कृति मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले सार्वजनिक गरे । ’समानान्तर आकाश’ पाँच वर्षअघि प्रकाशन भएको थियो । अनुराधा शर्माद्वारा अनूदित उपन्यासमा नेपाली समाजको नारी विषयलाई नयाँ ढंगले उठान गरिएको छ । समालोचक डा. गोविन्दराज भट्टराईले पद्मावतीमा समय अनुसार साहित्य सिर्जना गर्न सक्ने क्षमता रहेको दाबी गरे । अहिलेसम्म पाँच महिला साहित्यकारका कृति मात्रै अंग्रेजीमा अनूदित भएको उल्लेख गर्दै उनले भने, ’यति हुनु पनि नेपाली साहित्यको ठूलो उपलब्धि हो,’ उनले भने । संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अनुवाद कृतिको हात हुने औंल्याए । कार्यक्रममा पद्मावतीकै कथाकृति ’समय­दंश’ बारे परिचर्चा पनि गरियो । कथाकार माया ठकुरी, भागीरथी श्रेष्ठलगायतले पनि कृतिमाथि टिप्पणी गरेका थिए । साढे चार दशकदेखि साहित्य साधनामा रहेकी पद्मावतीका ’कथादि’, ’कथायाम’, ’पद्मावती सिंहका कथाहरू’, ’मौन स्वीकृति’ कृति आइसकेका छन् । ’समानान्तर आकाश’ उनको पहिलो उपन्यास हो ।

रंगकर्मी दयाहाङ राईले यस वर्षको ’किरात राई प्रतिभा पुरस्कार’ प्राप्त गरेका छन् । किरात राई सांस्कृतिक संघले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आठ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो । किरात राई यायोक्खाका सल्लाहकार मदन राईले उनलाई फेटा गुथाएर पुरस्कार हस्तान्तरण गरे । समाजसेवी मनीकुमार राईलाई पनि दस हजार रुपैयाँको “किरात राई सांस्कृतिक सम्मान“ दिइयो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com