गत वर्ष नेपालले संसारकै सबैभन्दा हाचो मान्छे भएको देशमा आफुलाई चिनाएको थियो भने खगेन्द्र थापाको त्यो अधिकार यस पटक फिलिपिन्सका अर्को २३ ईञ्चको मान्छेले खोस्यो भने अब नेपालले संसारकै सानो पुरुतक बनाएर आफ्नो नाम राख्ने भएको छ । अञ्जानलाई सानैदेखि कुनै नौलो काम गर्ने रहर थियो उनमा । उनलाई ठूलै रकम नभएर आफ्नो चाहना पूरा गर्न असम्भव नै लागेको थियो । पैसा कमाउन विदेशसम्म पुगे । त्यहाँ पनि भने जस्तो उपलब्धि हासिल नभएपछि एक वर्षअघि नयाँ ’आइडिया’ लिएर स्वदेश फर्किए रानीटार१ का एनबी अञ्जान ।
नौलो कामबाट चर्चा कमाउन अरूले नगरेको काम गर्नुपर्यो ? त्यो होइन रहेछ । उनलाई लाग्यो ठूलो काम गर्नुपर्दैन, नयाँ किसिमले गरे पुग्छ । आठ वर्षअघिदेखि साहित्यमा कलम चलाएका २६ वर्षे अहिले ’सानै काम’ बाट चर्चामा छन् । कतारी मरुभूमिमा तीन वर्ष पसिना बगाएर फर्किएपछि उनले राम्ररी पैसा चिनेका रहेछन् । जम्माजम्मी पाँच सय रुपैयाँ मात्र खर्चेर उनले एक हजार थान पुस्तक निकाले, जसको नाम र लम्बाइ मिल्छ । अन्जानको ’आधा इन्च’ हाइकु संग्रह सम्भवतअ नेपालकै सबैभन्दा सानो हो । ६२ वटा हाइकु समेटिएको पुस्तकको लम्बाइ १६ सेन्टिमिटर र चौडाइ ९ सेन्टिमिटर छ । तीन रुपैयाँ मोल राखिएको ६८ पृष्ठको संग्रह साहित्यकार प्रेम ओझाले हालै सार्वजनिक गरे ।
नेपालमा यसअघि इरान राईद्वारा लिखित तीन इञ्च लम्बाइ, साढे दुई इन्च चौडाइ र ६४ पेजको ’दहीच्यूरे’ हाइकु संग्रह सार्वजनिक गरिएको थियो । ’नेपालमा अहिलेसम्म यत्ति सानो पुस्तक कसैले निकालेका छैनन्,’ अन्जानले दाबी गरे, ’सानो कृतिले गहकिलो स्थान ओगट्नेमा विश्वस्त छु ।’