मसान नाटक अब चलचत्रिमा


गोपालप्रसाद रिमाललाई एउटै नाटकले सामाजिक यथार्थवादी नाटककाकार रुपमा परिचय गराउने नाटक “मसान” लाई कलाकार निर्देशक नीर शाहले चलचित्रमा प्रस्तुत गर्ने भएका छन् । ईब्सनको डल्फ हाउसको प्रतिरुप भनेर आक्षेप समेत लागेको रिमालको मसानले तत्कालीन नेपाली समाज र त्यसबेलाको सामाजिक अवस्था  अनि पुरुषप्रधान समाजमा नेपाली महिलको वास्तविक र यथार्थपरक जीवनशैलीलाई मसानले प्रस्तुत गरेको छ ।

मुहूर्त शट लिन आफ्नो निवास आईपुगका निर्देशक नीर शाहलाई हरिप्रसाद रिमालले शुभकामना दिए। मसानलाई चलचित्रमा उचार्नअघि मुहूर्त शट लिन आफ्नो निवास आईपुगेका निर्देशक नीर शाहलाई वरिष्ठ रंगकर्मी हरिप्रसाद रिमालले शुभकामना दिदै  भन्छन् ’यसले मलाई कला क्षेत्रमा चिनायो । तपाईको त पहिल्यै चिनारी बनेको छ। अझै थप्ने काम गरोस,’ भन्दै शुभकामना दिनु भएको थियो । रिमालका अनुसार यस नाटकको विशेषता भनेको सौन्दर्य र चाहनाविचको अन्तरद्वन्द्व नै हो।

’मसान’ नाटकको मञ्चन पक्षसंग सम्वन्धित सबैभन्दा पुरानो भएकाले रिमालको आशिर्बाद लिएर सुटिङ शुरु गरिएको निर्देशक शाहले जानकारी दिए। ’जसरी साहित्यमा यो कृति फरक छ, चलचित्रमा पनि त्यो विशेषता देखाउने प्रयत्नमा छु,’ पूर्ण कलात्मक चलचित्र बनाउने अभिप्रायले ’मसान’लाई छानेको शाहले बताए। आफ्नो निर्देशनको अघिल्ला चलचित्रमा अभिनयसमेत गर्दै आएका शाह यसमा भने नखेल्ने भएका छन्। बिहीबारदेखि नै नक्सालमा सेट बनाएर सुटिङ थालिएको मुख्य सहायक निर्देशक विजयरत्न तुलाधरले जानकारी दिए।

नीर सिनेमा र रिमाल इन्टरप्राइजेजको संयुक्त लगानीमा बत्र लागेको हो मसानले नीरशाहद्वारा यसअघि निर्देशित दुई साहित्यिक कृति ध्रुवचन्द्र गौतमको  वासुदेव र बालकृष्ण समको प्रेमपिण्डले जस्तै मसानले पनि सफलता पाउने विश्वास निर्माण टोलीले लिएको छ ।

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com