अमेरिकामा नेपाली सुन्दरीको खोजी


इ प्लानेट प्रा लि नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ घोषणा  गर्ने भएको छ । मिस नेपाल युएसए कार्यक्रमका अध्यक्ष तथा चर्चित नेपाली कलाकार गौरी मल्लले गत जुन १० मा न्युयोर्कको क्वीन्समा अवस्थित नेपाल जापान रेष्टुरेन्टमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो ।  भब्य सुन्दरी प्रतियोगिताका रुपमा गर्न लागिएको मिस नेपाल युएसए २०११ मा  १८ देखि २७ वर्षसम्मका अमेरिकामा रहेका नेपाली युवतीहरु सहभागी हुनेछन् । प्रतियोगिताको उद्देश्य अमेरिकामा रहेको नेपाली समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने , नेपालको संस्कृतिको जगेर्ना गर्ने र दक्षता , बौद्धिकता र सौन्दर्यलाई पुरस्कृत गर्ने रहेको बारे कलाकार मल्लले जानकारी दिनु भएको छ ।

मिस नेपाल युएसए २०११ एउटा यस्तो महत्वपूर्ण कार्यक्रम हुन गइरहेको छ जसबाट नेपालको कला र संस्कृति एवं  र व्यक्तित्व विकाशको प्रवद्धन गर्ने अपेक्षा गरिएको छ । युवा शशक्तिकरण , नेपालको प्रवद्धन भत्रे मूल नाराका साथ हुन गइरहेको कार्यक्रम प्रतियोगीहरुको व्यक्तिगत , पेशागत र बौद्धिक लक्ष्य प्राप्तीका लागि एउटा महत्वपूर्ण प्लेटफर्म सावित हुने विश्वास आयोजकहरुले लिएको छ ।

मिस नेपाल युएसए २०११ मा सहभागी हुन चाहनेहरुले जुलाई २० सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाईन र मेलमार्फत पनि दर्ता गराउन सकिनेछ । कार्यक्रमका प्रतियोगिहरुको छनौटका लागि अमेरिकाका दशवटा मुख्य सहरहरुमा अडिशन गरिने छ । जुलाई २ र ३ मा वासिंटन डिसीमा, जुलाई ९ मा बोस्टनमा, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्युयोर्कमा, शिकागोमा जुलाई १६ मा , मियनापोलिसमा जुलाई १७ मा, डेन्भरमा २३ जुलाईमा, डल्लासमा जुलाई २४ मा , शियाटलमा जुलाई ३० मा र जुलाई ३१ मा लस एन्जलसमा अडिशन कार्यक्रम गरिने छ । अडिशनबाट छनौट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकाशका लागि  तालिम समेत दिइनेछ । यस्तो तालिम मिस नेपाल २००५ सुगरिका केसी र मिस नेपाल ब्यूटिफूल १९९६ श्यारोन शेर्पा लगायतले दिनुहुनेछ । तालिम अगस्त १२ देखि १९ सम्म न्युयोर्कमा गरिनेछ ।

 

मिस नेपाल युएसए २०११ छनौटका लागि अन्तिम प्रतियोगिता नेपाल पर्यटन वर्ष २०११ को अवशर पारेर अगस्त २० , सन् २०११ मा अमेरिकाको न्युयोर्कमा हुनेछ । यो कार्यक्रम नेपाली र पश्चिमी कला , संस्कृति , फेसन र सौन्दर्यको एउटा महान समायोजन समेत हुनेछ । अन्तिम प्रतियोगितामा ३० जना सुन्दरीहरुलाई सहभागी गराइनेछ । प्रतियोगितामा विजयी हुनेले पांचहजार अमेरिकी डलरका साथमा छात्रबृत्ति, प्रमाणपत्र, पुरस्कार र उपहारहरु पनि पाउनेछन् । पहिलो प्रतियोगी र दोश्रो प्रतियोगीले पनि क्रमश तीनहजार र दुईहजार डलरसहित छात्रबृत्ति, उपहार, प्रमाणहरु र पुरस्कारहरु पाउनेछन्

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com