भ्यानकुभर शहरमा दंगा


गत साता क्यानाडाको भ्यानकुभर शहरमा हकी खेलको अन्तिम दिन भएको फाईनल खेलमा अमेरिकाको बोस्टन समूहसंग  क्यानाडाको भ्यानकुभर कनक्स समूहसंग ४–० बाट हारेपछि पारजित प्रसंशकहरुले रंगशालाको विशाल टिभीबाट तोडफोड शुरु गरेका थिए । एन. एच. एल. स्टेन्ले  कपको लागि भएको यस खेलमा क्यानाडाको हारपछि शहरभरी नै अशान्ती मञ्यिएको थियो । त्यसपछि त्यहाँका युवाहरु आक्रोशित भएर शहरमा दंगानै मच्याएका थिए । यस घटनापछि आक्रोशित युवाहरुले सडकमा भएका प्रहरीको मोटर सहीत १५ वटा मोटरहरु तोडफोड गर्नका साथी आगो लगाइएको छ भने त्यस क्षेत्र वरीपरि रहेका धेरै नै पसलहरुमा तोडफोड र लुटपाट गरिएको थियो ।  प्रहरीले दंगा नियन्त्रण गर्न धेरै मिहिनेत गर्नु परेको थियो । यस दंगामा १५० जना घायते भएका छन् भने करौडौं सम्पत्ति नोक्सान भएको छ । दंगाको बेला विभिन्न माध्यमबाट पत्रकार र सर्वसाधारणले खिचेको लगभग एक करोड फोटोका आधारमा प्रहरीले दंग गर्नेहरुलाई समात्न थालेको छ । यसमा राष्ट्रीय खेलाडीहरु, विभिन्न खेलकुद संस्थाका पदाधिकारीहरु, विभिन्न संस्थामा काम गर्ने कर्मचारीहरु रहेको प्रहरी पत्ता गलाएको छ  । धेरैले नजिकको पसलहरु लुटेको र लुटेर सामान लग्दै गरेको फोटोका आधारमा धेरैले जागिरबाट हात धुनु परेको छ  भने खोज अहिलेपनि जारी छ । यस्तै दंगा भएको बेला एक जोडी भने प्रेममा मग्न थिए । जसलाई प्रहरीले पनि केही गरेनन् ।  प्रहरी र दंगा मञ्याउने समुहका बीच यी दुई जोडी अफ्नो प्रेममा मग्न भएर चुम्बन गर्दै थिए । (फोटो सौजन्य सिबिसि न्युज )

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com