आईफाले बलिउडमय बनाँउदै टोरोन्टो


यस पटक अन्तराष्ट्रिय भारतीय चलचित्र महोत्सव बाहैं आईफा पुरस्कारको कार्यक्रम टोरोन्टोमा भब्यताकासाथ सम्पन्न भयो । गत २३, २४, २५ र २६ जुन विशाल टोरोन्टो बलिउडमय भएको थियो । विशाल टोरोन्टोको ब्राह्म्टन, मिसिसा“गा र टोरोन्टोका शहरहरुमा हिन्दी चलचित्र महोत्सव, बलिउड कलाकारको कार्यक्रम, नयाँ हिन्दी चलचित्रको पहिलो प्रदर्शन र आईफाको १२औं चलचित्र पुरस्कार समारोह भव्यताका साथ सम्पन्न भएको छ । यहा“का प्रायजसो होटलहरुमा भारतीय स्वादका खानाहरु बलिउड डिसेस्को नामबाट राखिएका छन् भने यहाँको ठूला ठुला मलमा भएका पहिरन र सौन्दर्य सामग्रीका पसलहरुमा बलिउड एक्टर च्वाईस्को नामबाट  बिक्री भई रहेका छन् ।   यस पटकको आईफा कार्यक्रम हिन्दी चलचित्र जगतका लागि संस्थान बनी सकेका राज कपुरलाई समर्पित गरिएको छ । यसैलाई ध्यानमा राखेर विशाल टोरोन्टोमा पर्ने ब्राह्म्टन शहरको एउटा सडकको नाम पनि राज कपुर क्रिसेन्ट  नाम राखिएको छ । राजकपुरमा छोरा ऋषी कपुर, नितु सिंहसंगै कपुर परिवारका अन्य सदस्यहरुको पनि उपस्थित रहेका थियो ।  गत शनिवारको आईफा पुरस्कार समारोहमा पहिलो पटक धमेन्द्रसंग उनका दुई छोराहरु सन्नी र बबी देवलले मञ्चमा नृत्य प्रस्तुत गरेका थिए भने अन्य प्रस्तुतिमा विपासा वासु, प्रियंका चोपडा, शाहरुख जान, सानाक्षी सिन्हा, शिल्पा सेट्टी, रितेस देशमुख, बमन ईरानी, अनिल कपुर आदिले त्यहाँ प्रत्यक्ष कार्यक्रम हेरी रहेका ३० हजार दर्शकहरुलाईए रोजर सेन्टरमा मनोरञ्जन दिएका थिए ।

यस समारोहमा भारतीय चलचित्र जगतसंग आवद्ध कलाकर्मीहरुको उपस्थिथि रहेको थियो । शर्मिला टैगोर, धमेन्द्र, आशा भोसलेलाई आईफाले उनीहरुलाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । आईफामा उपस्थित भएका परिचित कलाकारहरुमा सन्नी देवल, शाहरुख खान, प्रियंका चोपडा, करण जोहर, गुलशन ग्रोवर, अरशद वारसी, कबीर बेदी, जावेद अख्तर, शबाना आजमी, जावेद अख्तर, लीसा रे, जीनत अमान, विकास बहल, इरशाद कामिल, साजिद शराफत खान, माधवन, ममता शर्मा, ईशा देओल, निखिल द्विवेदी, जावेद जाफरी, कुणाल कपूर, हेमा मालिनी, अमीषा पटेल, चंदन सान्याल, अभिनव कश्यप, जेनेलिया डीसूजा, कंगना रानावत, कुणाल कपूर, माही गिल, राकेश रोशन, रोहित राय, सुभाष घई, बाबी देओल, अनिल कपूर, दिया मिर्जा, जायद खान, बिपाशा बसु, सोनू सूद और बोमन ईरानी, रितेस देशमुख, फरदिन खान, साहिल खान, मलईका अरोरा आन, अर्जुन रामपाल, प्राची देसाई, अनुष्का शर्मा  रणवीर सिंह, दीया मिर्जा, जायद खान आदिको उपस्थिति रहेको थियो ।

आईफा अवार्डबाट पुरस्कृत चलचित्रर चलचित्रकर्मीहरु

उत्कृष्ट चलचित्र :दबंग

उत्कृष्ट  निर्देशक :  करण जोहर – माई नेम ईज खान

उत्कृष्ट  नायक  : शाहरुख खान – माई नेम ईज खान

उत्कृष्ट  नायिका : अनुष्का शर्मा – बैण्ड बाजा बारात

नव नायक : रणवीर सिंह – बैण्ड बाजा बारात

नवनायिका : सोनाक्षी सिन्हा – दबंग

उत्कृष्ट स्व्रिmनप्ले : अभिनय कश्यप र दिलीप शुक्ल  – दबंग

उत्कृष्ट गायिका : ममता शर्मा – मुत्री बदनाम हुई – दबंग

उत्कृष्ट गायक : राहत फतह अली – तेरे मस्त मस्त दो नयन –दबंग

खलपात्र कलाकार : सोनु सुद  – दबंग

उत्कृष्ट संगीत : साजिद­वाजित र ललित पण्डित – दबंग

उत्कृष्ट शृंगार : निहारिका खान, – बैंन्ड बाजा बारात

उत्कृष्ट एक्सन : एस विजयन – दबंग

मेकअप : बनु – रोबर्ट

ब्याकराउन्ड स्कोर : शंकर, इशान, लोए – माइ नेम इज खान

गीत रेकर्डिङ : विजय दयाल र ऐनियायी ऐनियायी – बैंन्ड बाजा बारात

कोरियोग्राफर : फाराह खान – मुत्री बदनाम हुइ – दबंग

सम्पादन : नम्रता राओ – बैंन्ड बाजा बारात

साउन्ड रेकर्डिङ : प्रितम दास, – लभ सेक्स ओर धोका

रि साउन्ड रेकर्डिङ : लेस्ली फरनान्डेस – दबंग

सिनेमेटोग्राफी : सुदीप चटर्जी – गुजारिस

कला निर्देशन : सबु काइरिल – रोबर्ट

स्पेशल इफेक्ट : भारतीय आर्टिस्टस् – रोबर्ट

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com