मानव तस्करीका अभियुक्तहरु थुनामा


क्यानाडा सरकारले टोरोन्टोबाट चारजना श्रीलंकाका तामिल नागरिकहरुलाई मानव तस्करी गरेको आरोपमा गिरफ्तार गरिएको छ । सन् २००९ मा ७६ जना श्रीलंकाका तामिल शरणार्थीलाई ओसन लेडी पानी जहाजबाट  क्यानाडाको भ्यानकुभरमा ल्याउने मुख्य अभियुक्तमा यी चारजनालाई समातिएको छ । यिनीहरुलाई मानव तस्करीको आरोप लागेको छ । यिनीहरुले तामिल शरणार्थीहरुलाई हजारौं डलर लिएर थाईल्याण्डबाट इन्डोनेसिया हुदै क्यानाडा ल्याएका थिए । यसरी मानव तस्करी गर्नेलाई क्यानाडामा आजिवन सजायको प्रावधान रहेको छ । यसमा आएका बाँकी सबैले शरणार्थीका लागि आवेदन गरी सकेको र उनीहरुका बारेमा अनुसन्धान भई रहेको छ ।  क्यानाडाका  सार्वजनिक सुरक्षा मन्त्री विक टेव्स र आप्रवासी तथा नागरिक मन्त्री जेसन केनीले सरकारले यसरी मानव तस्करीमाथि अंकुश लगाउन खोजेको जानकारी दिनु भउको थियो । गत वर्ष विपक्षीको असहयोगले रोकिएको शरणार्थी सम्बन्धी अध्यादेश जसलाई सि ४९ भनिएको थियो अब यही अध्यादेश आप्रवासी र नागरिक मन्त्री जोसन केनीले बिल सि–४ को नामबाट संसदमा अनुमोदनका लागि प्रस्तुत गरिदै छ । यो बिल संसदबाट अनुमोदन भएपछि नक्कली शरणार्थीहरुमाथि बज्रपात हुने छ । यस्ता नक्कली शरणार्थीहरुले जनताको करको पैसाको दुरुपयोग गरिरहेको र यस्ता नक्कली शरणार्थीहरुको खानपान र स्वास्थ्य खर्च समेत सरकारले दिनु परेकोले नक्कली शरणार्थीहरुलाई निरुत्साह गर्न यो अध्यादेश लागु हुँदैछ । सरकारले शरणार्थी भएर आएकाहरुलाई एकैपटकमा यहाँको बासिन्दा (पि.आर) को अधिकार नदिएर प्रारम्भमा पाँच वर्षको लागि अस्थाई बसाईको स्वीकृति दिने र परिवारका अन्य सदस्यलाई स्पोन्सर गर्न पनि निश्चित अवधिसम्म नपाउने बनाइने भएको छ । (हिन्दी टाइम्स्, साउथ एशियन फोकस र विभिन्न समाचार स्रोत)

 

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com