NRN USA का अध्यक्षको राजिनामा, ब्यक्तिगत र पारिवारीक कि बाध्यता


वाशिंटङ डिसी, सेप्टेम्वर ९ ( एनयमक्याफे) गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का अध्यक्ष सुमनराज तिम्सिनाले आफ्नो पदबाट राजिनामा दिनु भएको छ l ब्यक्तिगत र पारिवारीक कारण देखाउँदै आज विहान उहाले राजिनामा दिनु भएको हो l आउदो १७ तारिख गैर आवासीय नेपाली संघ अमेरिकाको वार्षिक साधारण सभा न्युयोर्कमा आयोजना हुन गई रहेको छ l साधारण सभा निकट रहेको वेला राजिनामा आउनुलाई राजिनामा पत्रमा उल्लेख गरिएको ब्यक्तिगत र पारिवारीक कारण मात्र नभएर संस्था भित्रको रडाको हुनसक्ने दावी समुदायका अगुवाहरुको रहेको छ। राजिनामा र गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को तथ्य कुरा बारे जानकारीका लागि सुमनराज तिम्सिनासंग नेपाल मिडिया क्याफेले सम्पर्क गर्न खोज्दा उहासंग सम्पर्क हुन सकेन l अध्यक्ष तिम्सिनाको राजिनामाका बारेमा संस्थाका महासचिव शिव कुमार राईले भन्नुभयो ‘ संस्थामा कामगर्ने क्रममा केहि साना-तिना कमि-कमजोरीहरु भएका हुन सक्लान तर त्यत्तिका आधारमा राजिनामा नै दिनु पर्छ भन्ने छैन भन्ने मलाई लाग्छ l साना तिना गल्तीमा राजिनामा दिन बाध्य बनाउने, फ्याकि हाल्ने काम हुदै जाने हो भने सामुदायिक संस्थामा काम गर्नेहरु हतोत्शाहित बन्दै जाने कुरा प्रष्ट छ l ‘ उहासंग संस्थागत तथा व्यक्तिगत रुपमा सामुदायिक कार्यक्रममा साझेदारी/सहभागी हुने समाजसेवी/स्वयंसेवीहरुका अनुसार तिम्सिनासंग सामुदायिक कार्यक्रम गर्न अन्यन्त सहज हुन्थ्यो l(नेपाल मिडिया क्याफेसंग)

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com