राजधानीमा इस्लामी संघ नेपालका महासचिवको हत्या


 मुलुकको राजधानी काठमाडौको अति सम्बेदनशील क्षेत्र मानिने घण्टाघर क्षेत्रमा सोमबार जामे मस्जिदमा नमाज पढेर फर्कदै गर्दा इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको  दिन दहाडै गोली प्रहार गरी हत्या गरिएको छ । प्रहरी आयुक्तको कार्यालय अगाडि अहमदलाई अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको हो । २ जनाको हतियारधारी समूहले ३५ वर्षीय अहमदलाई महानगरीय प्रहरी प्रभाग रानिपोखरी आगाडी नै गोली हानी हत्या गरेको हो । गोली लागि गम्भीर घाइते भएका सुनसरी भोक्राहा स्थायी घर भएका अहमदलाई तत्काल वीर अस्पताल पु¥याएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए पनि उनको मृत्यु घटनास्थलमै भएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको टाउको, घाँटी र छातिमा गोली लागेको छ । गोली लागी ढलेका अहमदलाई त्रिचन्द्र क्साम्पसका विद्यार्थीले अस्पताल पु¥याएका थिए । वर्षादी लगाएर आएका दुई जना हतियारधारीहरु पैदलै कमलादीतर्फ भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल अगाडी महानगरीय प्रहरी प्रभाग रानिपोखरी छ । कार्यालय क्षेत्रमा सीआरबी भेन २४ सै घण्टा तैनाथ रहन्छ । यस्तै केही अगाडी महानगरीय प्रहरी वृत्त दरबारमार्ग प्रहरी छ भने कमलादीतर्फ पनि २४ सै घण्टा नै प्रहरी तैनाथ रहन्छ । अमेरिकी राजदूतको निवासको सुरक्षामा अत्याधुनिक हतियार सहितको सशस्त्र प्रहरी खटिन्छ । काठमाडौं प्रहरीले भने घटनामा संलग्नहरुको खोजी सुरु भइसकेको बताएको छ ।
यो हत्यालाई राजधानीका बुद्धिजीवीले बिशेष रुपमा हेरिरहेका छन् . मुसलमान समुदायका संस्थाका उच्च पदाधिकारीको हत्याको कारण प्रहरीले अझसम्म भन्न सकिरहेको छैन . यसमा कसको संलग्नता छ भन्ने बारे बुज्न जनता पर्खिबसेका छन् .

यसैबीच घटनालगतै काठमाडौं प्रहरी प्रमुख एसपी केदार रिजाल कारवाहीमा परेका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एपसी रिजाललाई प्रधान कार्यालय नक्सालमा सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा १ नम्बर गण नक्सालस्थित प्रहरी विशेष कार्यदलका एसपी राजेन्द्र श्रेष्ठलाई ल्याइएको छ । यहि निहुमा गृहमन्त्री गच्छेदारले आफ्नो मान्छेलाई ठाउमा पुर्याउने मौका पाएको छ .

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com