ए.एन.ए मा अन्तर्राष्ट्रिय दुइ कार्यक्रम


सम्पन्न नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा २९ औं  ए.एन.एन.  सम्मेलनको अवसरमा आयोजित विशेष कवि गोष्ठीको अवसरमा दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ को निर्णयको  घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०११ मा नेपाल, भारत, वर्मा, एशिया, उत्तर अमेरिका र बेलायतबाट २०० भन्दा बढी कविता प्राप्त भएको थियो । पहिलो छनोट उत्तर अमेरिकामा गठित मूल्याङ्कन समितिबाट भएको थियो  भने द्रोस्रो छनोट नेपालमा गठिन मूल्याङ्कन समितिबाट भएको थियो । गोबिन्दसिंह रावतको संयोजकत्वमा गठित उत्तर अमेरिकाको मूल्याङ्कन समितिमा  अमेरिकाबाट प्रकाश नेपाल, गीता खत्री, विटु केसी बरा र, क्यानाडाबाट कुसुम ज्ञवाली, ऋषी बस्ताकोटी रहनु भएको थियो भने नेपालको समितिबाट वरिष्ठ कवि तथा गीतकार रत्न शमशेर थापा, प्रा. राजेन्द्र सुवेदी, प्राज्ञ सुलोचना मानान्धर, कवि विश्वविमोहन श्रेष्ठ,  साहित्यकार तथा मधुपर्कका संपादक श्रीओम रोदन रहनु भएको थियो ।  समितिबाट घोषणा भए अनुसार एक हजार डलरको पहिलो हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार  सम्बोधन कविताका लागि नुवाकोटका राम बहादुर तामङ्गले पाउनु भएको छ भने दोस्रो तीन सय डलरको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार चराहरु कविताका लागि क्यानाडाको मिसिसांगाका भावना पोखरेले पाउनु भएको छ र  तेस्रो दुई सय डलरको सुन्धरा गणेस रोका देवकोटा काव्य पुरस्कार असमय कविताका लागि पोखराका शरण आँसुले पाउनु भएको छ । नेपाली  साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष वसन्त श्रेष्ठको सभापतित्व, र अमेरिकामा अवस्थित नेपाली राजदूतावासका प्रथम सचिव तथा कवि आनन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित कवि गोष्ठीमा  २० जना अप्रतियोगी कविहरुले  कविता वाचन गरेका थिए । कार्यक्रममा हेमसरिता प्रतिष्ठानका तर्फबाट संस्थापक हेम पाठक, प्रतिष्ठानका सदस्य सचिव डिक बहादुर तामङ्ग, गोबिन्दसिंह रावत, प्रकाश नेपाल आदिले प्रतियोगितात्मक कविताका बारेमा प्रकाश पार्नु भएको थियो

त्यस्तै कार्यक्रमको दास्रो दिन प्रतिष्ठानद्वारा  प्रथम अन्तर्राष्ट्रिय महिला नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । प्रतिष्ठानका अध्य्रक्ष वसन्त श्रेष्ठको सभापतित्वको भएको सो सम्मेलनको प्ररम्भमा आयोजक समितिका  संयोजक सीता पाण्डेले सम्मेलनका बारेमा प्रकाश पार्नु भयो ।
त्यसपछि प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो साथै प्रतिष्ठानबाट प्रकाशित नारी स्रष्टाहरुसंग सम्बन्धित समालोचना संग्रह नारी स्रष्टा, चिन्तना र सिर्जना नामक पुस्तकको पनि विमोचन गर्नु भयो
कार्यक्रममा उत्तर अमेरिकाका महिला स्रष्टाहरुका बारेमा साहित्यकार सीता खरेल र समीक्षक एवम् साहित्यकार गोविन्द गिरी प्रेरणाले आआफ्नो अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत अवधारणा पत्रमाथि महिला साहित्यकारहरु क्रमशः पद्मावती सिंह, चन्द्रकला नेवाः, गीता खत्री, मञ्जु निरौला र दुर्गा अर्यालले मनतव्य प्रस्तुत गर्नु भएको थियो । नेपालबाट आउनु भएका वरिष्ठ कवि व्रिश्वविमोहन श्रेष्ठले नेपालबाट महिला स्रष्टाहरुको प्रतिनिधित्व गराउने प्रक्रियाका बारेमा जानकारी गराउदै सहभागी महिला स्रष्टाहरुको परिचय प्रस्तुत गर्नु भएको थियो ।
कवियत्री नम्रता गुरागाईले संचालन गर्नु भएको पहिलो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलनमा उपस्थित सबै साहित्यकार तथा साहित्यप्रेमी दर्शकहरुलाई प्रतिष्ठानका उपाध्यक्ष विनोद रोकाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सभापतिको आसनबाट प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले आज प्राप्त भएका सुझावहरुलाई संकलन गरी भोली हुने समापन समारोहमा घोषणा पत्र जारी गरिदिने बारे जानकारी गराउनु भयो ।

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com